खेलकुदसोमबार, २१ माघ , २०७५

नेपाली क्रिकेट टोली फर्कियो, विमानस्थलमा भव्य स्वागत

हिमालखबर

टी–२० शृङखलामा ऐतिहासिक जित हासिल गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

टोलीको स्वागतका लागि विमानस्थलमा रातो कार्पेट बिछ्याइएको छ भने सयौं समर्थक राष्ट्रिय झण्डा सहित विमानस्थल पुगेका छन् ।

स्वागत कार्यक्रमको आयोजना राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गरेको हो ।

प्रतिकृया दिनुहोस