नेपाल–युएई टी–२०: १० अाेभरमा खेलाइने, नेपाल ब्याटिङ गर्दै
संयुक्त अरब इमिरेट्स (युएई) र नेपालबीच भइरहेको तीन खेलको टी–२० शृङ्खलाको अन्तिम खेल शुरु भएको छ। नेपालले टस हारेर ब्याटिङ शुरु गरेको छ। पानी परेको कारण खेल १० अाेभर मात्र खेलाइने भएकाे छ।
तीन खेलको शृङ्खलामा नेपाल र युएईले १–१ खेल जितेर बराबरीको अवस्थामा छ। आजको खेल जितेर शृङ्खला जित्ने दाउमा नेपाल छ भने एक दिवसीय शृङ्खला हारेको घरेलु टीम टी–२० शृङ्खला चाहिँ जसरी पनि आफ्नो पक्षमा पार्ने रणनीतिका साथ उत्रेको छ।