टी –२० शृङ्खला कब्जा गर्ने दाउमा नेपाल
संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपालले आज हुने घरेलु टोलीविरुद्धको टी–२० को अन्तिम खेल जितेर शृङ्खला कब्जा गर्ने दाउमा छ।
तीन खेलको शृङ्खलामा नेपाल र युएईले १–१ खेल जितेको छ। एक दिवसीय शृङ्खला हारेको घरेलु टीम टी–२० शृङ्खला आफ्नो पक्षमा पार्न 'गर या मर'को खेल खेल्नेछ।
दुवैका लागि महत्वपूर्ण मानिएको आजको खेल निकै रोमाञ्चक हुने आँकलन क्रिकेटबाजहरुको छ। आजको खेल दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाली समयअनुसार दिउँसो २:४५ बजे शुरु हुनेछ।