प्रदेश टुक्राउने संशोधन प्रक्रिया अमान्यः ओली
बुटवल, एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश टुक्रँउने गरी गर्न थालिएको संविधान संशोधन प्रक्रिया एमालेलाई मान्य नहुने बताएका छन् ।
संविधान कार्यन्वयन गर्न छाडेर जनताका चाहानाविपरित संशोधन गर्नु जरुरी नभएको भन्दै ओलीले यौटा प्रदेश टुक्राएर अर्को थप्ने जनचाहना विपरितको कदमविरुद्ध जनतासँगै मिलेर विरोध गर्ने बताए ।
आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफैले बनाएका प्रदेश कार्यान्वयनमा नआउँदै दलहरु संशोधनतर्फ लाग्नु हास्यास्पद भएको बताए ।
उनले सत्तारुढ दलहरुलाई यस्ता काममा समय फाल्नु साटो संविधान कार्यान्वयन र चुनावी प्रक्रियामा लाग्न समेत आग्रह गरे ।
अध्यक्ष ओलीले नागरिकता संशोधन प्रक्रियासमेत राष्ट्रघाती रुपमा आउन लागेको बताउदै यसप्रति पनि सचेत रहन आग्रह गरे ।
उनंले शनिबार बुटवलमा संबिधान कार्यन्वयनका लागि जनपरिचालन अभियान अन्तरगत एमाले पांच नम्बर प्रदेश स्तरीय कार्यकर्ता भेलालाई संबोधन गर्दैछन् ।
कार्यक्रममा झलनाथ खनाल, वामदेव गौतम, विष्णु पौडेल, घनश्याम भुषाल, प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट लगायत नेताह्रु पनि सहभागी हुनेछन् ।
दीपक ज्ञवाली