नेपाल-यूएई टी-२०- नेपालको कठिन जित
संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी टी-२० क्रिकेट शृंखलाको दोस्रो खेलमा यूएईलाई ४ विकेटले पराजित गर्दै नेपालले कठिन जित निकालेको छ।
तीन बल खेल्न बाँकी छँदै नेपालले ४ विकेटको जित हात पारेको हो। नेपालको जितमा प्रदीपसिंह ऐरीले ८ बलमा ८, करण केसीले २३ बलमा २३, ज्ञानेन्द्र मल्लले १३ बलमा ७, दीपेन्द्रसिंह ऐरीले ४१ बलमा ४७, सन्दीप जोराले ७ बलमा १ र पवन सर्राफले २५ बलमा १८ रनको योगफल तयार पारेका थिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको यूएईलाई नेपालले १९.२ ओभरमै अल आउट गराएको हो, जसमा यूएई १०७ रनमै समेटिएको थियो।