नेपाल-यूएई टी-२०- नेपाललाई १०८ को लक्ष्य (अपडेट)
संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी टी-२० क्रिकेट शृंखलाको दोस्रो खेलमा यूएईले नेपाललाई १०८ रनको लक्ष्य दिएको छ।
टस जितेर ब्याटिङ रोजेको यूएईलाई नेपालले १९.२ ओभरमै अल आउट गराएको हो। त्यसमा यूएई १०७ रनमै समेटिएको छ।
यूएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका बलरहरू सोमपाल कामीले २, सन्दीप लामिछानेले २, करण केसीले २, एलएन राजवंशीले २, अविनाश बोहराले २ विकेट लिएका थिए।
१०७ रनको योगफल बनाउने क्रममा यूएईका ब्याट्सम्यान सीपी रिजवानले ४४, सैमान अनवरले १४, मोहम्मद बुटाले ११ रन जोडेका थिए। त्यसबाहेकका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।