कला/साहित्यबिहिबार, १७ माघ , २०७५

राजेश, शिव र भुवन अभिनित चलचित्र तुलसीको गीत सार्वजनिक

हिमालखबर

निर्माण सम्पन्न भएको लामो समयपछि नायिका ऋचा घिमिरेले निर्माण गरेको चलचित्र तुलसी सार्वजनिक हुने भएको छ ।

बोधी एचडी र ८८४८ मिडियाले वितरण गर्ने चलचित्र डिजिटल माध्यममार्फत सार्वजनिक हुने भएको हो ।

तुलसी यसअघि बेलायत, मकाउ, युरोप, स्कटल्यान्ड, अमेरिका, क्यानडा लगायतका देशमा प्रदर्शन भइसकेको छ । 


शंकर घिमिरेले निर्देशन गरेको चलचित्रमा रञ्जित गजमेरको संगीत रहेको छ ।

शिवम् अधिकारीले लेखेको चलचित्रको छायांकन दीपक वज्राचार्यले गरेका हुन् ।

चलचित्रमा ऋचा घिमिरे, विमलेश अधिकारी, आयुष रिजाल, जयकिसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्की लगायतको अभिनय छ ।

त्यस्तै विशेष भुमिकामा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती नाड्करलार्इ देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस