कला/साहित्यबिहिबार, १७ माघ , २०७५

‘भिजिट भिसामा’ गीत युट्यूब ट्रेन्डिङ्को पहिलो नम्बरमा

हिमालखबर

मह सञ्चारको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘दाल भात तरकारी’को गीत ‘भिजिट भिसामा’ युट्यूब ट्रेन्डिङ्को पहिलो नम्बरमा उक्लिएको छ । 

हरिवंश आचार्यको शब्द र शम्भुजित बाँस्कोटाको संगीतमा बनेको गीतमा अन्जु पन्त र निशान भट्टराईले स्वर दिएका छन् ।

कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का र राजाराम पौडेलको अभिनय छ ।

आगामी १३ बैशाखदेखि प्रदर्शन हुने चलचित्रको गीत १० माघमा युट्यूबमा सार्वजनिक गरिएको थियो । आजसम्म गीतका भिवर्स करीब २० लाख पुगेका छन् ।

किरण केसीले निर्माण गरेको उक्त चलचित्रको निर्देशक सुदन केसी हुन् । 

प्रतिकृया दिनुहोस