सांसद् लामाको निलम्बन फुकुवा
नेकपा माओवादी केन्द्रका निलम्बित सांसद ल्यारक्याल लामाले विशेष अदालतबाट सफाइ पाएसँगै उनको निलम्बन फुकुवा भएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले ३० कात्तिकको अदालतको फैसलाबाट लामाले सफाइ पाएकाले उनको सांसद पदको निलम्बन फुकुवा भएको जानकारी दिइन् ।
बैठकमा राष्ट्रपतिले विभिन्न विधेयक प्रमाणीकरण गरेको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिइन् ।
रासस