थप समाचारसोमबार, १४ माघ , २०७५

रूबीभ्यालीमा भारी हिमपात– दुई गोठाला, सयभन्दा बढी भेडाबाख्रा पुरिए

हिमालखबर

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ को हिन्दुङमा भारी हिमपातका कारण दुईजना गोठालासहित एक सयभन्दा बढी भेडाबाख्रा पुरिएका छन् ।

१० माघदेखि परेको हिमपातले गोठ पुरेपछि ४७ वर्षीय नुर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ ओडारमा शरण लिन पुगेका थिए ।

भारी हिमपातका कारण उनीहरुले शरण लिइरहेको ओडारसमेत भत्किएपछि गोठालासहित बाख्रा पुरिएका हुन् ।

घटनास्थल पुगेर सदरमुकाम फर्केपछि प्रदेशसभा सदस्य जगत सिंखडाले पहिरोभित्र हराइरहेका गोठाला जिउँदै हुनसक्ने भएकोले तत्काल उद्धार गर्नुपर्ने बताएका छन् ।

हेलिकप्टर लिएर घटनास्थल अवलोकन गर्न पुगेका सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले हिमपात जारी रहेकाले उद्धार गर्न कठिन भइरहेको बताएका छन् ।

उद्धारका लागि सदरमुकामबाट सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पठाउने तयारी भइरहेको छ ।

– सानुबाबु तिमिल्सिना, धादिङ

 

प्रतिकृया दिनुहोस