अमेरिकाको जर्सी सिटी र इन्द्रावती गाउँपालिकाबीच सिस्टर सिटीको सम्झौता
अमेरिकाको न्यूजर्सी राज्यको जर्सी सिटी काउन्सिल र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाबीच ‘सिस्टर सिटी’ अर्थात् भगिनी सम्बन्ध कायम गर्ने सम्झौता भएको छ ।
सम्झौतामा जर्सी सिटीका मेयर स्टेभन फुलप र इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा शैक्षिक, प्राविधिक, सांस्कृतिक, कृषि, सामाजिक विकास, लगानी, सुशासन, खेलकुद लगायतका क्षेत्र समेटिएको छ ।
औपचारिक रूपमा सिस्टर सिटी बनाउन जर्सी सिटी काउन्सिलले गत डिसेम्बर १९ मा काउन्सिल रिजोलुसन पारित गरेको थियो ।
ङिमा पाख्रिन, न्युूजर्सी