नेपाल-यूएई एक दिवसीय क्रिकेट- क्रिजमा सन्दीप लामिछाने (अपडेट)
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी नेपाल र यूएईबीचको एक दिवसीय क्रिकेटमा अहिले क्रिजमा सन्दीप लामिछाने आएका छन् ।
यसअघि सोमपाल कामी ४७ बलमा ३० रन जोडेर एलपीडब्लू धरापमा पर्दै आउट भए । यस्तै, पवन सर्राफ पनि एलबीडब्लूमै बाहिरिए ।
क्रिजमा आएका करण केसी ८ बलमा ३ रन जोड्दै आउट भए । उनको ठाउँ आएका वसन्त रेग्मी पनि ४ बलमा शून्य रनमा आउट भए । आरिफ शेख लगातार क्रिजमा टिकिरहेका छन् । उनले ३२ बलमा १ चौकाको साथमा १४ रन जोडेका छन् ।
यसअघि कप्तान पारस खड्काले ३६ बल खेल्दै २० रन जोडेर ‘क्याचआउट’ भएका थिए । दीपेन्द्रसिंह ऐरी रन आउट भएका थिए ।
यस्तै, सोमपाल कामीले १७ बल खेल्दै १६ रन जोडेका छन् । पारसले ३ र सोमपालले २ वटा चौका प्रहार गरेका छन् ।
यसअघि ओपनर ज्ञानेन्द्र मल्ल यूएईका मोहम्मद नाभिदको बलमा विकेटकिपर गुलाम साब्बरबाट ‘क्याच आउट’ भएका थिए । यस्तै, विनोद भण्डारी ५ रन जोडेर क्याचआउट भएका थिए ।