गोरखाका सांसदद्वारा तलब भत्ता सार्वजनिक काममा
गण्डकी प्रदेशसभामा गोरखा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित कांग्रेस सांसद प्रकाशचन्द्र दवाडीले तलब भत्ता सामाजिक काममा खर्च गरेका छन् । हालसम्मको रु. ७ लाख ३० हजार ३१५ उनले सामाजिक काम लगाएका हुन् ।
त्यसमा रकम थपेर दवाडीले रु. १२ लाख २१ हजार २२० र ८० वटा कुर्सी आफ्नो निर्वाचन क्षेत्रमा सहयोग गरेका छन् । सांसदको सपथ लिएलगत्तै उनले तलब, भत्ता सामाजिक काममा खर्च गर्ने बताएका थिए ।
आफ्नो निर्वाचन क्षेत्रमा १० हजारदेखि रु. १ लाखसम्मका विभिन्न योजना र संघसंस्थालाई सहयोग गरेको उनले जानकारी दिए । कार्यकालभरि सरकारले दिने सुविधा सामाजिक काममा खर्च गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।
युवराज श्रेष्ठ, पोखरा