प्रधानमन्त्रीबाट फुटबल खेलाडीहरु सम्मानित
मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फाइनलमा बिजयी खेलाडीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान गरेका छन् ।
आज, २ मंसीर दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले देशको गौरव बढाएकोमा खेलाडीहरुलाई बधाई दिए ।
प्रधानमन्त्रीले भने, "२१ वर्षयता फुटबलको क्षेत्रमा नेपालले ठूला पदक जित्न सकेको थिएन । तर, पछिल्लो १ वर्षमै नेपालले ठूला ३ पदक जितेको छ, नेपालको विजयी शुरुवात भइसकेको छ । सम्पूर्ण बिजेता टिमलाई म हृदयदेखि नै बधाइ दिन चाहन्छु ।"
खेलाडीहरुको प्रोत्साहनका लागि सरकारले प्रतिखेलाडी तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको स्मरण गराउँदै प्रधानमन्त्रीले भूकम्पबाट क्षतिग्रस्त रंगशाला पूनर्निर्माणको काम अघि बढिसकेको / अर्को बृहत रंगशाला निर्माणका लागि सरकारले छिटै काम अगाडि बढाउने पनि बताए ।
सम्मान कार्यक्रममा एन्फाका कार्यबाहक अध्यक्ष मणि कुंवरले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पूनर्निर्माण र खेलाडीहरुको प्रोत्साहन एवं सम्मानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।