चट्याङबाट ६ घाइते
रुकुम (पश्चिम)मा ९ माघ बिहान चट्याङ लाग्दा ६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका-३ माछिमिस्थित जितबहादुर ओलीको घरमा चट्याङमा परी ४ बालबालिका र २ महिला घाइते भएको प्रहरीले जनाएको छ ।
घटनामा जितबहादुरकी कमला खड्का ओली (२८), छोराहरू चिन्तन (११) र मनन (७) घाइते भएका छन् । यस्तै, जितबहादुरकी भाइबुहारी समिति ओली (२५), छोरी दुर्गा (९) र छोरा दिपेश (७) घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चट्याङबाट जितबहादुरको ४ कोठे घरका ३ वटा कोठा पूर्ण रूपमा क्षति भएको छ । रासस