भारतीय शिक्षक डेरामा मृत भेटिए
एक भारतीय नागरिक डेरामा मृत अवस्थामा भेटिएका छन्।
सर्लाहीको हरिऔन नगरपालिका ११ मा डेरा गरी बस्ने भारतको इस्ट सिक्किम घर भएका सागर थापा (४३) आफ्नै कोठामा मृत फेला परेका हुन्।
स्थानीय अर्किड बोर्डिङमा शिक्षक रहेका उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सञ्जय मित्र, रौतहट