नवलपरासीमा सडक दुर्घटना, २७ जना घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ मा बस र बारुणयन्त्र ठोक्किँदा २७ जना घाइते भएका छन् ।
काठमाडौंबाट भैरहवा जाँदै गरेको लु १ ख ८७९७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ग ३१० नम्बरको कावासोती नगरपालिकाको बारुणयन्त्र अरुणखोला नजिकको जंगलमा ठोक्किएका हुन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका सात जनाको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।
अन्यको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । रासस