नेकपा अध्यक्ष दाहालकी पत्नी सीताको स्वास्थ्यमा सुधार
निमोनियाको समस्या देखिएपछि ३ दिनअघि धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार देखिएको छ।
उपचारमा खटिएका चिकित्सकहरूका अनुसार भर्ना भएको समयमा भन्दा निमोनियाको संक्रमण केही कम हुँदै गएको छ। ज्वरो आउने र उच्च रक्तचापको समस्यामा पनि सुधार आएको चिकित्सकहरूले बताए।
यसअघि मस्तिष्कको उपचार गराएकी दाहाल घरमै आराम गरेर बसिरहेकी थिइन्। एक्कासी छातीमा समस्या देखिएपछि आफन्तले सुमेरु अस्पतालमा भर्ना गरेका थिए। आईसीयूमा राखेर उनको उपचार भइरहेको छ।