डा. केसीको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह
अनशनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ ।
डा. केसीसँग सरकारले विगतमा गरेका सम्झौतामा गम्भीर हुँदै जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।
आयोगले चिकित्सा शिक्षा सुधारको लागि १४ दिनदेखि आमरण अनशनरत डा. केसीको स्वास्थ्य अवस्थाका बारेमा अनुगमन गरिरहेको पनि जनाएको छ ।
चिकित्सा शिक्षा जस्तो आधारभुत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सम्बन्धित सबै पक्षलाई आयोगले आग्रह पनि गरेको छ ।