डा. गोविन्द केसीको सांसदहरुलाई भिडियो सन्देश
अनशनरत प्रा. डा. गोविन्द केसीले सांसदहरुलाई भिडियो सन्देश पठाएका छन् ।
आज अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट केसीले सम्झौताअनुसार बुँदाहरु राखेर ऐन बन्नेमा आफू आशावादी रहेको बताएका हुन् ।
भिडियो सन्देशः
नमस्ते माननीय सांसदहरु मेरो जानकारीमा आएअनुसार आज चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत हुँदैछ । त्यसमा जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु हटाएर माफियामुखी बुँदाहरु राखेर समितिबाट पारित गरिएको छ । हामीसँग सम्झौता भएअनुसार जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु फेरी थपेर माननीयज्यूहरुले ऐन ल्याउनलाई सहयोग गर्नुहुनेछ भन्ने मैंले आशा राखेको छु र म अनुरोध पनि गर्न चाहन्छु ।