क्रिस्टियानो रोनाल्डोलाई २३ महीनाको जेल सजाय
रोयटर्स
पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो २३ महीनाका लागि जेल सजाय तोकिएको छ।
हाल युभेन्टसका खेलाडी रहेका उनीमाथि १९ मिलियन युरो कर छली गरेको अभियोग छ। उनले अभियोग स्वीकार गरेका छन्। उनलाई स्पेनको अदालतले सजाय सुनाएको हो।
अदालती फैसलापछि आफ्नी स्पेनी गर्ल फ्रेन्ड जर्जिना रोड्रिगेजको हात समाएर मुस्कुराउँदै रोनाल्डो अदालतबाट बाहिर निस्किएका थिए। आफ्ना समर्थकलाई अटोग्राफ दिएपछि उनी निजी सवारी साधनतर्फ लम्किएका थिए।
उनले १८.८ मिलियन युरो जरिवाना बुझाउन सहमति दिएका छन्। र, जेल सजाय स्वीकारेका छन्। स्पेनी कानूनअनुसार २ वर्षभन्दा कमको जेल सजायका लागि कारागारमा बिताउनुपर्दैन। सोही कारण उनले कारागार जानु नपर्ने भएको छ।