प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित
प्रतिनिधिसभाको आजको बैठक पनि नेपाली कांग्रेसले अवरुद्ध गरेपछि १५ मिनेटको लागि स्थगित भएको छ ।
कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा तनहुँ र बाँकेमा सञ्चालित अस्पताललाई केन्द्र सरकारको मातहतमा राख्ने प्रतिबद्धता नजनाएसम्म बैठक अवरुद्ध जारी राख्ने कांग्रेसले जनाएको छ ।
बैठक शुरु भएलगत्तै नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले प्रा. डा. गोविन्द केसीसँग सरकारले गरेको सहमति कार्यान्वयन हुनुपर्ने माग पनि गरेका छन् ।
सिंहले आफ्ना विचार राखिसकेपछि सभामुख कृष्णबहादुर महराले बैठक अघि बढाउन लाग्दा कांग्रेस सांसदले रोष्ट्रम घेराउ गरेका थिए । उनीहरुले सरकारविरुद्ध नाराबाजी पनि गरे ।
त्यसपछि सभामुख महराले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।