डा. केसी अनशनको १४ दिन, सरकारले गरेन वार्ताको पहल
चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी आमरण अनशन बसेको १४ औं दिनसम्म पनि सरकारले वार्ता पहल गरेको छैन।
यसअघि १५ औं अनशनका क्रममा सरकारले आफूसँग गरेको सम्झौताअनुसार संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने डा. केसीको माग छ। तर, सरकारले बहुमतको बलमा डा. केसीसँग विगतमा भएका सम्झौताको मर्म विपरित ८ माघमा प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ।