विदेशी बैंकमा राखिएको धन जफत गर्न राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशी बैंकमा नेपालीले अवैध धन राखेको खुलासा भएपछि त्यसबारे कडा छानविन गर्न सरकारसँग माग गरेको छ।
राप्रपाले ४ माघमा विज्ञप्ति निकाली विदेशी बैंकमा अवैध रूपमा राखिएको त्यस्तो धन जफत गर्न र राख्ने व्यक्तिहरूलाई पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरेको छ। २ माघमा खोज पत्रकारिता केन्द्रले नेपालिक्समार्फत स्विस बैंकमा नेपालीको रु. ५२ अर्ब रहेको तथ्य खुलासा गरेको थियो।
राप्रपाको विज्ञप्तिमा सरकारले सशस्त्र प्रहरीका गण र गुल्महरूको नाम परिवर्तन गर्ने तयारी गरेकामा आपत्ति जनाएको छ। सशस्त्रका गण र गुल्महरूको नाम फेर्नुलाई राप्रपाले हिन्दुत्वमाथि आक्रमण तथा सद्भाव भड्काउने खेलको रूपमा लिएको पनि विज्ञप्तिमा उल्लेख छ।