प्रस्तावित २ राजदूतको नाम अनुमोदन
प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले प्रस्तावित २ राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।
सरकारले फ्रान्सका लागि दीपक अधिकारी र थाइल्याण्डका लागि गणेशप्रसाद ढकाललाई राजदूत सिफारिस गरेको थियो। दुवै 'करिअर डिप्लोम्याट' हुन् र परराष्ट्र मन्त्रालयमा सहसचिव छन्।
समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा ३ माघमा बसेको बैठकबाट उनीहरू सर्वसम्मत अनुमोदित भएका हुन्। दुवैले आफूले सम्पादन गर्ने कार्ययोजना प्रस्तुत गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाल’ बनाउने सरकारको प्रमुख लक्ष्य हासिल गर्न सहयोगी भूमिका निर्वाह गर्ने बताएका थिए।