बाग्लुङमा बस दुर्घटना, तीनजनाको मृत्यु
म्याग्दीको सदरमुकाम बेनीबाट नारायणघाट जाँदै गरेको यात्रुवाहक बस बाग्लुङ र पर्वतको सिमानामा पर्ने मालढुङ्गामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बेनीबाट आज बिहान ८ बजे छुटेको ग १ ख ६१०८ नम्बरको बस मालढुङ्गाको सुकुम्वासी टोलमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरुको विवरण प्राप्त भइनसकेकोे म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए । रासस