१२ वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ
बाजुराको बूढीगंगा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गर्ने युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बूढीगंगा-८ नुवाकोटका दलबहादुर थापा (४७) छन्। उनले २७ मंसीर दिउँसो घर नजिकैको गोठमा गाई, भैंसीलाई घाँस र पानी दिन गएको समयमा बालिकालाई बलात्कार गरेका थिए।
प्रहरीका अनुसार पीडक र पीडित दुवैको स्वास्थ्य परीक्षण गरिसकिएको छ। थापाले अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।
प्रकाश सिंह, बाजुरा