दुर्घटनामा १ मृत्यु, ३ गम्भीर घाइते
पाँचथरको फिदिममा ३ माघ राति भएको ट्रयाक्टर दुर्घटनामा १ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन्। मृत्यु हुनेमा फिदिम-२ का जगत नेपाली (४३) छन्।
दुर्घटनामा ट्रयाक्टर चालक फिदिम-४ मा विजय बर्देवा, छवि दर्जी र गोपाल नेपाली घाइते छन्। पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनीहरूलाई राति नै झापा र विराटनगरका अस्पतालका लागि ‘रेफर’ गरिएको छ।
लालीखर्कबाट फिदिमतर्फ आउँदै गरेको मे१त २९६१ नम्बरको ट्रयाक्टर फिदिम-२ ओदिन नजिकै दुर्घटना भएको थियो। तीव्र गतिका कारण ट्याक्टर दुर्घटना भएको प्रहरीको अनुमान छ।
लक्ष्मी गौतम, पाँचथर