इँटाभट्टाबाट ५ भारतीय र १ नेपाली बालकको उद्धार
बाल श्रम उन्मुलनलाई चुनौति दिँदै मोरङ कटहरी-५ को एक इँटा उद्योगमा काममा राखिएका ५ भारतीय र १ नेपाली बालकको २ माघमा उद्धार गरिएको छ।
सिविन नेपालको आग्रहमा मोरङ प्रहरीले कृष्ण प्रणाम इँटा उद्योगबाट १६ वर्षमुनिका बालकको उद्धार गरेको हो। उनीहरूलाई काममा खटाउने उद्योग सञ्चालक विराटनगर-३ का फणिन्द्रबहादुर ढकाल (४७) लाई पनि नियन्त्रणमा लिएको छ।
उद्धार गरिएका सबै बालकलाई पूर्वाञ्चल अनाथ आश्रम विराटनगरको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई अभिभावकको जिम्मा लगाएर भारत पठाइने मोरङका प्रहरी उपरीक्षक मनोज केसीले बताए। प्रहरीका अनुसार केही बालकका अभिभावक भने सोही इँटा उद्योगमा मजदूरी गर्छन्।
कमल रिमाल, विराटनगर