शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित
आज बसेको व्यवस्थापिका संसदको बैठकले नेकपा माओवादी केन्द्रकातर्फबाट सांसद भक्तिप्रसाद पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
सांसदको निधनमा शोक प्रस्ताव पारित गरेपछि त्यस दिन बैठक नबस्ने प्रचलन अनुसार बैठक शुक्रबार ३ मंसीरसम्मका लागि स्थगित भएको छ ।
क्यान्सरबाट पीडित पाण्डेको उपचारका क्रममा २९ कात्तिकमा ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।
संसदको अर्को बैठक शुक्रबार अपरान्ह १ बजेका लागि बोलाईएको छ।