छाउगोठको तथ्याङ्क संकलन गर्दै प्रहरी
जिल्ला प्रहरी कार्यालय बाजुराले छाउगोठको तथ्याङ्क संकलन गर्न थालेको छ ।
प्रहरीले मार्तडीस्थित बडिमालिका नगरपालिकाबाट छाउगोठको तथ्याङ्क संकलन शुरू गरेको हो ।
तथ्याङ्क संकलन गर्न जिल्ला प्रहरी कार्यालय, विमानस्थल सुरक्षागार्ड कोल्टी, पीलुचौर इलाका प्रहरी कार्यालय, धुलाचौर, डोगडी, टाँटे प्रहरी चौकीलगायत १४ स्थानबाट प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
भाटले केही दिनमै जिल्लाभरको तथ्यांक बाहिर ल्याउने जनाएका छन् । तथ्याङ्क संकलनपछि स्थानीयबासी र जनप्रतिनिधिको सहभागीतामा छाउगोठ भत्काइने प्रहरीले जनाएको छ ।