रौतहटमा सवा अर्ब लगानीमा नयाँ चिनी उद्योग
रौतहटमा करीब रु. १ अर्ब २५ करोड लागतमा नयाँ चिनी उद्योग स्थापना भएको छ । कटहरिया नगरपालिका-९ डुमरियामा करीब ११ बिघामा बाबा बैजुनाथ सुगर केमिकल इन्डस्ट्रिज माघ पहिलो सातादेखि सञ्चालनमा आउन लागेको हो ।
गत ३ वर्षदेखि निर्माणाधीन उद्योगको निर्माण सम्पन्न भएको उद्योगका अध्यक्ष बैजु बाबराले जानकारी दिए । उनका अनुसार किसानहरूसित उखु खरीद गर्ने चलान पूर्जी छपाइको काम शुरु भएको छ । उद्योगले चालु आर्थिक वर्षमा १० लाख क्विन्टल उखु क्रसिङ गर्ने भएको छ ।
उद्योग सञ्चालनमा आएपछि करीब ५ सय जनाले रोजगारी पाउने अनुमान छ । श्रीराम सुगर मिल्सपछि बाबा बैजुनाथ रौतहटको दोस्रो ठूलो चिनी उद्योग हो ।
सञ्जय मित्र, रौतहट