समाचारशनिवार, पौष २८, २०७५

प्रधानसेनापति थापालाई भारतमा मानार्थ महारथीको दर्ज्यानी

हिमालखबर

प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतका राष्‍ट्रपति रामनाथ कोविदले २८ पुसमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाली र भारतीय सेनाका नवनियुक्त प्रधानसेनापतिहरूलाई एकअर्का देशमा मानार्थ महारथी दिने प्रचलन रहिआएको छ । सन् १९५० मा दुई मुलुकबीच शान्ति तथा मैत्री सन्धि भएयता उक्त प्रचलन शुरु भएको अभिलेख छ ।

प्रधानसेनापति थापा २७ पुसदेखि भारतको औपचारिक भ्रमणमा छन् । त्यस क्रममा उनले २७ पुसमा नयाँदिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरीक्षण गरेका थिए ।

प्रतिकृया दिनुहोस