समाचारशनिवार, पौष २८, २०७५

भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था सामान्य

हिमालखबर

मेडिसिटी अस्पतालमा उपचार गराइरहेका पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार देखिएको छ ।

छातीमा संक्रमण देखिएपछि २३ पुसमा ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका अधिकारीलाई आज नर्मल वार्डमा सारिएको हो ।

उनका स्वकीय सचिव महेन्द्र विष्टकाअनुसार अधिकारीको अवस्था अहिले सामान्य छ ।

डा. राजेन्द्र रिजालको समूहले अधिकारीको उपचार गरिरहेको छ ।

प्रतिकृया दिनुहोस