समाचारशनिवार, पौष २८, २०७५

डा.केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

हिमालखबर

चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।

सोलिडारिटी फर डा. केसी अलाइन्सले सरकारलाई डा. केसीसँग गरिएको सम्झौता कार्यान्वयनको लागि दबाब दिन प्रदर्शन गरेको हो ।

प्रदर्शनमा उत्रिएका नागरिकले ‘डा केसीसँग गरिएका सम्झौता लागू गर’ ‘मेडिकल शिक्षामा भएको लुटतन्त्र बन्द गर’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै २५ पुसदेखि डा. केसी इलाममा अनशन बसिरहेका छन् ।

प्रतिकृया दिनुहोस