राष्ट्रपतिकप अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा भारतको शून्य पदक
राष्ट्रपतिकप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २७ पुसमा विराटनगरमा सम्पनन भएको छ।
चार दिन चलेको प्रतियोगितामा १९ वर्ष मुनिको सिंगलमा म्यानमारका खेलाडी ज्याउलिन हटुले जितेका छन्। भारतका खेलाडीले कुनै पनि मेडल ल्याएनन्। अधिकांश मेडल नेपालीले नै जितेका छन्। सो खेलमा प्रफुल महर्जन दोस्रो तथा पेम्बा शेर्पा र विश्वास विश्वकर्मा तेस्रो भए।
१५ वर्ष मुनिको केटी सिंगलमा रशिला मर्हजन प्रथम, स्मृति राई दोस्रो तथा रोज पाण्डे र विश्ना विष्ट तेस्रो भएका छन्। १५ वर्ष मुनिको केटा सिंगलमा प्रिन्स दाहाल प्रथम, म्यानमारका ज्याउलिन हटु दोस्रो तथा हिमाल चन्द र रोशन साउद तेस्रो भए। १९ वर्ष मुनिको केटी डबलमा जेशिका गुरुङ र रशिला महर्जन प्रथम भए।
नीता लम्साल र सीमा राजवंशीको जोडी दोस्रो तथा विष्ना विष्ट र स्मृति राईको जोडी तथा रञ्जना भट्ट र रोज पाण्डेको जोडी तेस्रो भयो। १९ वर्ष मुनिको केटा सिंगलमा प्रिन्स दाहाल प्रथम, प्रफुल महर्जन दोस्रो तथा पविन लिंथेप र रुकेश महर्जन तेस्रो भए। १९ वर्ष मुनिको केटी सिंगलमा जेशिका गुरुङ प्रथम, रशिला महर्जन दोस्रो तथा सीमा राजवंशी र रञ्जना भट्ट तेस्रो भए।
कमल रिमाल, विराटनगर