खेलकुदशुक्रवार, पौष २७, २०७५

फाल्गुनन्द गोल्डकप- झापा ११ फाइनलमा प्रवेश

हिमालखबर

झापा-११ पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

२७ पुसमा भएको पहिलो सेमीफाइनलमा सरस्वती क्लब काठमाडौंलाई १-० गोल अन्तरले हराउँदै झापाले फाइनल यात्रा तय गरेको हो। झापा-११ का तर्फबाट कप्तान कर्ण लिम्बूले ५३ औं मिनटमा गरेको गोल नै निर्णायक बन्यो।

सरस्वती क्लबका तर्फबाट मैदानमा उत्रेका विदेशी खेलाडीहरूले पटक-पटक विवाद गर्दा खेल निर्धारित समयभन्दा लम्बिन पुग्यो। झापा ११ का दिलेन लोक्तामलाई म्यान अफ दी म्याच घोषित गर्दै रु. १० हजार प्रदान गरियो। गोल्डकपअन्तर्गत् २८ पुसमा रोयल फुटबल क्लब दार्जिलिङ र त्रिभुवन आर्मी क्लब काठमाडौंबीच फाइनल प्रवेशका लागि भिडन्त हुनेछ।

लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस