समाचारशुक्रवार, पौष २७, २०७५

गाडी खरीद प्रकरणमा प्रदेश-५ को लेखा समितिले थाल्यो छानविन

हिमालखबर

प्रदेश-५ सरकारले गाडी खरीद गर्दा अनियमितता भएको सार्वजनिक भएपछि प्रदेशसभाको सार्वजनिक लेखा समितिले छानविन शुरु गरेको छ। गाडी खरीदका सबै कागजात तानेर समितिले छानविन थालेको हो।

उक्त प्रकरणबारे छलफल गर्न २७ पुसमा समितिको बैठक बसेको छ। प्रदेश-५ सरकारले रु. ९ करोडमा १३ वटा गाडी खरीद गरेको थियो। लेखा समिति सभापति डिल्लीबहादुर चौधरीका लागि उपलब्ध गराइएको गाडीको समेत ५ हजार किलोमिटर नगुड्दै सकर भाँचिएको छ। सभापति चौधरीले उक्त गाडी सरकारलाई नै फिर्ता गरेका छन्।

प्रतिकृया दिनुहोस