एकै रात ४ घरमा लाखौंको चोरी
रौतहटको गरुडा नगरपालिकाका २ गाउँमा एकै रातमा ४ घरमा लाखौंको चोरी भएको छ।
गरुडा-५ लक्ष्मीपुरमा मुनी राय यादव, होशनारायण राय यादव र विरोधी राय यादवको घरको पछाडिबाट सुरुङ खनेर चोरी भएको हो। मुनी राय यादवको घरबाट करिब २० हजारका २ वटा मोबाइल, बाकसमा राखेको रु. २५ हजार र केही कपडा चोरी भएको स्थानीय विजय यादवले जानकारी दिए।
यस्तै, गरुडा-८ बिर्ताचोकमा प्रहरी चौकीको छेउमै रहेको शेख सतारको किराना पसलको सटरको ताला फुटाएर चोरी भएको छ। पसलबाट करिब रु. ४ लाख ६२ हजार नगद चोरी भएको स्थानीय लालबाबु साहले जानकारी दिए।
चोरी भएका दुवै ठाउँमा प्रहरी पुगिसकेको छ। घटनाको अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।
सञ्जय मित्र, रौतहट