फाल्गुनन्द गोल्डकप- दार्जिलिङले ब्वाइज युनियनलाई हरायो
ब्वाइज युनियन काठमाडौंलाई २-० गोल अन्तरले हराउँदै रोयल फुटबल क्लब दार्जिलिङ फाल्गुनन्द गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ।
२६ पुसमा भएको खेलमा दार्जिलिङका तर्फबाट करण राईले मात्रै २ गोल गरेका थिए। खेलको १६ औं र ७४ औं मिनटमा राई गरेका गोल नै निर्णायक बने। खेलको म्यान अफ दी म्याच पनि राईलाई नै घोषित गरियो।
खेलको शुरुदेखि अन्त्यसम्मै दार्जिलिङले ब्वाइज युनियनलाई दबाबमा राखेको राखेको थियो। २७ पुसमा सरस्वती क्लब काठमाडौं र झापा-११ बीच पहिलो सेमीफाइनल खेल हुनेछ।
लक्ष्मी गौतम, पाँचथर