समाचारबिहिवार, पौष २६, २०७५

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

हिमालखबर

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा नेपाल–भारत सहकार्यमा निर्माण भइरहेका विभिन्न परियोजना, दुई देशबीचको सम्बन्ध र आपसी सद्भावका विषयमा कुराकानी भएको जनाइएको छ ।

भेटपछि दुई मन्त्रीबीच नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक कठमाडौंमा गर्ने सहमति भएको दूतावासले जनाएको छ ।

नयाँ दिल्लीमा भइरहेको राइसेना डायलगमा भाग लिन मन्त्री ज्ञवाली आज बिहान मात्रै भारत गएका हुन् । ज्ञवालीले बैठकलाई केहीबेरमा सम्बोधन गर्नेछन् ।

मन्त्री ज्ञवाली भोलि, २७ पुसमा स्वेदश फर्कने कार्यक्रम छ ।

 

प्रतिकृया दिनुहोस