समाचारबिहिबार, २६ पौष , २०७५

डा. केसीको समर्थनमा इलाममा महिलाहरूको मौन जुलुस

हिमालखबर

२५ पुसदेखि इलाममा आमरण अनशनरत डा. गोविन्द केसीको समर्थनमा २६ पुसमा इलाम बजारमा महिलाहरूले मौन जुलुस निकालेका छन्।

चिकित्सा शिक्षा विधेयक यसअघिको सम्झौताअनुसार नै पारित हुनुपर्ने मागसहित अनशन थालेका डा. केसीको सत्याग्रहमा ऐक्यबद्धता जनाउन महिलाहरूको समूहले स्वतःस्फूर्त मौन जुलुस निकालेको हो। ‘हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा. केसीका साथमा’, ‘डा. केसी एक्ला छैनौ, हामी तिम्रो साथ छौं’लगायत लेखिएका प्लेकार्डसहित निस्किएको महिलाहरूको जुलुस बजारका विभिन्न भागको परिक्रमापछि चोकबजारमा आएर कोणसभामा परिणत भएको थियो।

डा. केसीप्रति ऐक्यवद्धता जनाउने जिल्लावासी बढ्दै गएको उनका सहयोगी डा. रामकृष्ण आचार्यले बताए। “बिहानैदेखि इलामका बासिन्दा आउँदै डा. केसीलाई भेटेर ऐक्यवद्धता जनाइरहनु भएको छ,” उनले भने। हालसम्म डा. केसीको स्वास्थ्य अवस्था सामान्य रहेको डा. आचार्यले जानकारी दिए।

लक्ष्मीप्रसाद मिश्र, इलाम

प्रतिकृया दिनुहोस