लोकमान सर्वोच्चमा उपस्थित
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्की आज, ३० कात्तिकमा सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।
कार्कीले अदालतको म्याद तामेलीमा अवरोध गरेर अवहेलना गरेको भन्दै परेको रिटमा सर्वोच्चको आदेश अनुसार जवाफ बुझाउन उनी अदालत पुगेका हुन् ।
आज दिउँसो ४ बजे अदालत पुगेका कार्की लिखित जवाफ पेश गरी फर्केका छन् ।
उक्त मुद्दा सहित उनको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा परेको अर्को निवेदनमा समेत १६ मंसीरमा सुनुवाई हुँदैछ ।