लिगकप सेमीफाइनल- बर्टन अल्बियनलाई म्यान सिटीले चखायो ९ गोलको स्वाद
इत्तेहाद स्टेडियममा बिहीवार बिहान भएको लिगकप सेमिफाइनलको पहिलो चरणमा म्यानचेस्टर सिटीले बर्टन अल्बियनलाई ९-० गोल अन्तरले पराजित गरेको छ।
म्यान सिटीका गाब्रियल जिजस एक्लैले ४ तथा केभिन डे ब्रुयने, अलेक्जेन्डर जिक्चेन्को, फिल फोडेन, कायल वाकर र रियाद महरेजले १-१ गोलको योगदान दिए। लिग कपको ३१ वर्षे इतिहासमै म्यान सिटीले एउटै खेलमा ८ भन्दा बढी गोल गरेर कीर्तिमान राखेको हो।
आइतबार राति भएको एफए कपको खेलमा म्यान सिटीले रोथरहेमलाई ७-० गोल अन्तरले हराएको थियो।
लिग कप सेमीफाइनलको दोस्रो चरण २३ जनवरीमा पिरेली स्टेडियममा हुनेछ। २४ फेब्रुअरीमा वेम्ब्ली स्टेडियममा लिग कपको फाइनल चरण आयोजना हुनेछ। प्रिमियर लिग विजेता म्यान सिटीले फाइनलमा टोटनहम या चेल्सीमध्ये एक टिमको सामना गर्नेछ।