कर्णाली प्रदेशमा माघी पर्वमा बिदा दिइने
कर्णाली प्रदेशमा माघीको दिनमा सार्वजनिक बिदा दिइने भएको छ। नेपाल मगर संघले आयोजना गरेको ५ दिने मेला उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १ माघमा सार्वजनिक बिदा घोषणा गरेका हुन्।
कर्णालीमा हरेक समुदायले माघी पर्व मान्ने गरेकाले बिदा दिइन लागेको मुख्यमन्त्री शाहीले बताए। मगर जातिको बसोबास रहेका स्थानमा भाषा पाठशाला खोलिने उनले जानकारी दिए। र, वीरेन्द्रनगरमा मगर संग्रहालय खोल्न सहयोग गरिने उनको भनाइ छ।
कर्णाली प्रदेशमा कुन-कुन पर्व कहिले पर्छन् र तिनको महत्व केलाएर आवश्यकताअनुसार सार्वजनिक बिदा दिने सरकारी नीति रहेको उनले बताए।
लक्ष्मी भण्डारी सुर्खेत