म्याग्जिन र गोलीसहित २ पेस्तोल बरामद
सर्लाहीको हरिपुर्वा नगरपालिका ९ बसतपुरबाट मेड इन यूएसए लेखिएका २ वटा पेस्तोल, म्याग्जिन र गोली बरामद भएको छ ।
प्रहरीका अनुसार गाउँमा भएको विवादका क्रममा स्थानीय जयनारायण यादवको घरमा स्थानीयवासी छलफल गरिरहेको अवस्थामा हरिपुर्वा–७ का सञ्जयकुमार यादव (३६) पेस्तोल निकालेका थिए । ना३१प २२२९ नम्बरको मोटरसाइकलमा आएर उनलाई स्थानीय बासिन्दाले प्रतिकार गरेका थिए । त्यसपछि हतियार फालेर भागेका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सञ्जय मित्र, रौतहट