फाल्गुनन्द गोल्डकप- सरस्वती क्लब काठमाडौं अन्तिम ४ मा
साविक विजेता सुनसरी-११ लाई पराजित गर्दै सरस्वती क्लब काठमाडौं पाँचथरको फिदिममा जारी १० औं फाल्गुनन्द गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
२५ पुसमा भएको खेलमा सुनसरीलाई २-१ गोल अन्तरले पराजित गर्दै सरस्वती क्लबले अन्तिम ४ को यात्रा तय गरेको हो ।
खेल शुरु भएको आठौं मिनटमा सुनसरीका दीपेन तामाङले गोल गर्दै सरस्वतीलाई दबाबमा राखेका थिए । मध्यान्तरपछिको ७६ औं र ८० औं मिनटमा सरस्वती क्लबबाट खेलेका विदेशी खेलाडी भिक्टोरले गोल गरेपछि सुनसरी क्वार्टरफाइनलबाट बाहिरिन पुगेको हो । खेलमा सरस्वतीका भिक्टोर नै म्यान अफ दी म्याच घोषित भए ।
लक्ष्मी गौतम, पाँचथर