समाचारबुधबार, २५ पौष , २०७५

वन मन्त्रालयका सहसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालखबर

वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानले गैरकानूनी सम्पत्ति आर्जनमा मुद्दा दायर गरेको छ।

यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक श्रेष्ठले पदको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा २५ पुसमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

श्रेष्ठले पदमा रहँदा रु. १ करोड ३४ लाख ५०० गैरकानूनी रूपमा आर्जन गरेको अतिख्यारको अभियोग छ। श्रेष्ठले पद धारणा गरेको २०३८ सालदेखि हालसम्म रु. २ करोड १० लाख ७७ हजार आम्दानी गरेको र सोही अवधिमा चलअचल सम्पत्ति, सवारी साधन खरिद, शेयर लगानीलगायतमा रु. ३ करोड ४४ लाख खर्च गरेको देखिएकाले आयको तुलनामा स्रोत नखुलेको सम्पत्ति भ्रष्टाचार भएको अख्तियारको ठहर छ।

प्रतिकृया दिनुहोस