फेसबुकबाट चिनेकी महिलालाई बन्धक बनाएर बलात्कार
फेसबुकमा चिनजान भएकी महिलालाई भोजपुरबाट बोलाएर सुनसरी इटहरीका एक युवकले बलात्कार गरेका छन्।
युवकले ५ दिनसम्म थुनेर बलात्कार गरेको बताउँदै ती महिलाले प्रहरीमा उजुरी दिएकी छन्। इटहरी उपमहानगरपालिका-१० का रमेश राई (२३) लाई बलात्कारको आरोपमा प्रहरीले २४ पुस साँझ पक्राउ गरेको छ।
राईले फेसबुकमार्फत महिलासँग चिनजान गरेर भेट्नका लागि धरान बोलाएका थिए। २० देखि २४ पुससम्म राईले आफन्तको घरमा थुनेर दिनहुँ बलात्कार गरेको महिलाले दिएको उजुरीमा उल्लेख छ। इलाका प्रहरी कार्यालय इटहरीका नायब उपरीक्षक शिव श्रेष्ठका अनुसार राईले महिलालाई यातनासमेत दिएको खुलेको छ।
कमल रिमाल, विराटनगर