समाचारबुधवार, पौष २५, २०७५

छाउगोठमा आगलागी हुँदा तीनजनाको मृत्यु

हिमालखबर

बाजुराको बूढीनन्द नगरपालिका ९ अगउपानीमा रहेको छाउगोठमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ ।

आगलागीमा परी ३५ वर्षीया अम्बा बोहरा, उनको ९ वर्षीय छोरा सुरेश बोहरा र ७ वर्षीय छोरा रमित बोहराको मृत्यु भएको हो ।

गएराती सुतिरहेको समयमा आगलागी हुँदा निसास्सीएर मृत्यु भएको हुनसक्ने वडाअध्यक्ष खड्क बोहराले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान गर्न सदरमुकाम मार्तडीबाट प्रहरी टोली आइरहेको छ । घटनास्थल सदरमुकामबाट ६ घण्टा पैदल दूरीमा पर्छ ।

प्रकाश सिंह, बाजुरा

 

प्रतिकृया दिनुहोस